पाल्पा – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले भीभीआईपी र भीआईपीको तलब बढाएर गलत गरेको बताएका छन् । प्रवक्ता शर्माले अहिले बजेटले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुको तलब बढाएर गलत गरेको जिकिर गरे ।
सरकारले हालै सार्वजनिक गरेको बजेट वितरणमुखी भएको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले ‘७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्रै विकास खर्चमा विनियोजन गरेको भन्दै सरकारले जनहित भन्दा पनि आफुहित बजेट ल्याएको टिप्पणी गरे ।
सरकारले नेपाललाई अन्य कम्युनिष्ट मुलुक उत्तर कोरिया, भियतनाम जस्तै एकतन्त्रिय निरकुंश शासनको दिवा सपना बोकेर प्रेस स्वतन्त्रता, मानवअधिकार, न्यायालय माथि नियन्त्रण गरी खुला र स्वतन्त्र समाजलाई बन्द गर्न प्रयत्नशील रहेको अरोप लगाए ।
सरकारले प्रेसको शिरमा तरवार झुण्डाई, मानवअधिकार आयोगलाई नियन्त्रणमा राखेर देशमा अधिनायकवाद ल्याई समाजलाई बन्धक बनाउन खोजेको आरोप लगाए ।
फरक प्रसङ्गमा प्रवक्ता शर्माले एउटा कम्युनिष्टले सिंहदरवारमा र अर्को कम्युनिष्टले गाउँ–गाउँमा आतङ्क मच्चाएर द्वन्द फैलाउने काम गरिरहेको बताउँदै वार्तामा बसेर समस्या समाधान गर्न सुझाव दिए ।




प्रतिक्रिया