काठमाण्डु – गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका डा. विश्व पौडेललाई गभर्नर हुनबाट रोक्न खोज्दै दायर रिट सर्वाेच्चमा अगाडि नबढ्ने भएको छ ।
डा. पौडेललाई रोक्ने गरी पेश भएको रिट सर्वोच्च अदालत प्रशासनबाट दरपीठ भएकोमा त्यसविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश नै सदर गरेको छ ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले डा. विश्व गभर्नर बन्न नमिल्ने भन्दै गत वैशाख ३० गते सर्वोच्चमा रिट पेश गरेका थिए । सर्वाेच्च प्रशासनले रिटलाई जेठ २ गते दरपीठ गरेको थियो ।
अधिवक्ता उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएकाले गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका थिए ।




प्रतिक्रिया