राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । उनी राष्ट्र बैंकको १८औं गभर्नर बनेका छन् ।

मंगलबारै अर्थ मन्त्रालयमा बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

यसअघि पौडेललाई गभर्नर बनाउने विषयमा सत्तारुढ दलहरू नेपाली कांग्रेस र एमालेबीच सहमति जुटेको थियो ।