काठमाण्डु- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरिएको छ ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् ।
यस्तै शर्माले पार्टीको चुनावी समीक्षा प्रतिवेदन पनि पेश गरेका छन् । प्रतिवेदनले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारणहरूमध्ये गठबन्धन सरकारलाई पनि दोषी मानेको छ ।
उनले कांग्रेस-एमालेको सरकार बन्दा भएको ७ बुँदे सम्झौतामा उल्लेख भएका कुराहरू सम्बोधन गर्न नसक्नु पनि चुनावमा पराजय हुनुको कारण मानेका छन् ।
‘दुई ठूला दल मिलेर सरकार बनाएपछि त्यसले सरकारको गतिमा तिव्रताको तीव्र अपेक्षा बढ्यो,’ प्रतिवेदनमा उल्लेख छ, ‘तर सरकारको प्रस्तुति रह्यो-औसत । यसले नागरिक पंक्तिमा नयाँ विश्वास जगाउने परको कुरा, नयाँ आशासमेत जागृत हुन सकेन । ‘दुई दलको सरकार बन्दा ७ बुँदे सम्भौता उल्लेख थियो-संविधान समयानुकूल संशोधनको विषय । तर कार्यदलसम्म गठन भएन । संघीयतामा देश पुगेको दशक पुग्न लाग्दा पनि प्रदेशलाई दिनुपर्ने अधिकार दिन ढिलाइ रहिरह्यो । प्रतिवेदनमा भनिएको छ ।
‘विद्यालय शिक्षा विधेयकका लागि शिक्षकले आन्दोलनमा उत्रिनुपर्ने, सम्झौतापछि पनि शिक्षा विधेयक, निजामती कर्मचारीसम्बन्धि विधेयक सहज टुंगोमा नपुग्ने । यी बसले तत् तत् क्षेत्रमा असन्तुष्टि चरम बन्दै गयो,’‘बजेट निर्माण गर्दा अर्घेल्याइँ भएको भन्दै चर्को असन्तुष्टि संसद्मै पोखियो । नागरिक पंक्तिमा त्यसले सकारात्मक सन्देश विल्कुलै दिएन ।’ प्रतिवेदनमा शर्माले उल्लेख गरेका छन् ।




प्रतिक्रिया