एमालेको कार्यक्रममा कांग्रेस महामन्त्री शर्माले भने – सबै मिलेर अघि बढ्नुपर्छ

एमालेको कार्यक्रममा कांग्रेस महामन्त्री शर्माले भने – सबै मिलेर अघि बढ्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा एमाले झापा–काठमाण्डु सम्पर्क मञ्चले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शर्माले दलहरूबीच जति नै मतभेद र तिक्तता भए पनि मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

महामन्त्री शर्माले नयाँ दलहरूको आगमनसँगै पुराना दलको योगदानलाई पनि भुल्न नहुने भन्दै नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नयाँ बनाएर जानुपर्ने बताए । देशमा केही बनेको भन्दै मुलुकका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

महामन्त्री शर्माले ६२/६३ को आन्दोलनपछि एमाले ९ पटक र कांग्रेस ८ पटक सरकारमा गएको भन्दै देशमा भएका राम्रोका काम र नराम्रा कामको सबैले जिम्मेवारी लिनुपर्ने बताए ।

महामन्त्री शर्माले झापामा एमाले उदार भएका कारण आफू संसदमा आउन सफल भएको बताए ।