भूमि विधेयक सोझै पारित गर्नेगरि संसदमा प्रस्तुत हुन लागेकोमा खुला विमती छ : महामन्त्री शर्मा

भूमि विधेयक सोझै पारित गर्नेगरि संसदमा प्रस्तुत हुन लागेकोमा खुला विमती छ : महामन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकलाई सहमति बिना संसद्मा पेस गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन्।

आज संसद्मा प्रस्तुत गर्न लागिएको विधेयकबारे असहमति जनाउँदै शर्माले पर्याप्त गृहकार्य नगरी विधेयक अघि बढाउन खोजिनु आपत्तिजनक भएको बताए। उनले यस्तो महत्त्वपूर्ण विधेयक लटरपटर गरेर पारित गर्न नखोज्न सरकारलाई चेतावनी दिए।

“पूर्वसहमति र संसदीय समिति मार्फत विस्तृत छलफल आवश्यक छ,” शर्माले भने, पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरि संसदमा प्रस्तुत हुनलागेकोमा खुला विमती छ, त्यसैले आजकै कार्यसूचीबाट विधेयक हटाइनुपर्छ।”

शर्माले भूमि ऐन जस्तो संवेदनशील विषयमा व्यापक संवाद र सहमति अनिवार्य रहेको उल्लेख गर्दै, चाँडो निष्कर्षमा पुग्न हतार नगर्न सरकारलाई आग्रह गरे।