ओलीविरुद्ध विगतमा उठेका मुद्दामा थान्को लाग्दैन : महामन्त्री शर्मा

ओलीविरुद्ध विगतमा उठेका मुद्दामा थान्को लाग्दैन : महामन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विगतमा उठेका मुद्दाहरु थान्को नलाग्ने बताएका छन् ।

शनिबार एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले सरकारलाई गलत बाटोमा हिँड्ने छुट नभएको बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विगतमा उठाइएका मुद्दाहरु थान्को लाग्दैन । सरकारले गरेको कामप्रति कांग्रेस मौन बस्दैन ।’ उनले भने ।

‘प्रधानमन्त्री ओलीविरुद्ध आफूहरूले उठाएको मुद्दामा सहकार्य गरेपनि मौन भने बस्दैन’, महामन्त्री शर्माले भने ।

उनले भने, ‘ओली सरकारलाई सफल बनाउँन हामी कांग्रेसले साथ दिन्छौं । हामी उभिएर विश्वासको मत दिएका छौं त्यसकारण तपाईको बारेमा हामीले उठाएका सबै मुद्दा थान्को लगाउँछौं भन्ने विल्कुल होइन । उहाँहरुको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौं त्यो पनि होइन ।’ नयाँ सरकार बनेर नेपाललाई नविन सम्भावनातिर लैजान दुई ठूला दल मिलेको उनले बताए ।

उनले प्रतिपक्षमा रहेका दलहरू ससंद्मा कमजोर नहुने पनि बताए । ‘दुई ठूला दलहरू मिल्दा प्रतिपक्षी कमजोर हुन्छ भन्ने पक्कै होइन, माओवादी केन्द्र खरोसाथ संसद्मा प्रस्तुत हुन्छ ।’

उनले भने, ‘दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्ष स्वर कमजोर हुन्छ कि भन्ने आम बौद्धिक वर्गमा चिन्ता छ । मैले यहाँ भन्नुपर्छ माओवादी खरो ढंगले नै प्रतिपक्षको रुपमा प्रस्तुत हुन्छ । रास्वपाले पनि बन्नुपर्छ ।