काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक नेपालको भएको भन्दै भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति विरोध रहेको बताएका छन् । सरकार, संसद्, दलहरु र सिंगो नेपाल राष्ट्रियताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतमा उभिनुपर्ने उनको सुझाव छ ।
शर्माले सरकारलाई लिपुलेकबारे समान धारणा तय गर्न सर्वदलीय–सर्वपक्षीय बैठक आह्वानको पहल गर्न सुझाव दिएका छन् ।
‘‘लिपुलेक नेपालको हो । भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति स्पष्ट विरोध छ,’ महामन्त्री शर्माले एक्समा लेखेका छन्, ‘सरकार, संसद्, दलहरू र सिंगो नेपाल राष्ट्रियताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ । क्रमशः ६ कदममार्फत ऐक्यबद्ध पहल गरौँ ।’
महामन्त्री शर्माले अनेकौँ फरक मतका बीच पनि सिंगो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिन जरूरी रहेको पनि उल्लेख गरेका छन् ।





प्रतिक्रिया