काठमाण्डु – पार्टीभित्र पेचिलो बनेको महाधिवेशनको विवाद टुंग्याउन नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ४ वटा विकल्प अघि सारेका छन्।
पार्टीको बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर महामन्त्री शर्माले महाधिवेशनको विवाद टुंग्याउन ४ वटा विकल्प दिएका हुन्।
शर्माले दिएको पहिलो विकल्पमा कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्नुपर्ने रहेको छ।
मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए विशेष महाधिवेशन मंसिर मसान्तभित्रै गर्नुपर्ने उनको दोस्रो प्रस्ताव छ।
शर्माको तेस्रो विकल्पमा विधानको १७ (२) बमोजिम नै ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै मंसिर मसान्तभित्रै महाधिवेशन गर्न सकिने रहेको छ। विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा दर्ता गराइसकेका छन्।
यसमा पनि सहमति नजुटे, युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै थप समय लिएर नियमित महाधिवेशन नै आयोजना पुस १६ देखि १९ सम्म गर्न उनले चौथो विकल्प दिएका छन्।
महामन्त्रीद्वयसहित इतर पक्षका नेता डा. शेखर कोइरालाले महाधिवेशन मंसिरबाट पर धकेल्न नसक्ने अडान लिइरहेपनि
संस्थापन पक्षले फागुन २१ को चुनावअघि गर्न नसक्ने पक्षमा उभिएको छ।
यस्ता छन् शर्माका प्रस्ताव
१) पहिलो विकल्प–कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७(२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौं। (सभापतिज्युले कुन उचाइमा उठेर हेर्नुभयो, हामीले त्यो पछ्याउँ व्यक्तिगत या समुहगत आग्रहभन्दा माथि उठेर काम गरौं मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए)
२) दोस्रो विकल्प–विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको १७ (२) बमोजिम ञकेन्द्रीय समितिले चाहेमाझ भनेर उल्लेखित दफा बमोजिम बोलाउँ
३) तेस्रो विकल्प–विधानको १७ (२) बमोजिम नै ४०५ बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै। (यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै।)
४) चौथो विकल्प–थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौं। त्यसका लागि पुष १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ। (पुष १६ जननायक विपि कोइरालाले रास्ट्रीय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको ऐतिहासिक मिति)
बैठकबाट तयारी सम्बन्धमा
१) निर्वाचन समिती पुनर्गठन
२) विधान संशोधन मस्यौदा समिति गठन
३) महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन
फागुन २१ लाई घोषित निर्वाचन सम्बन्धमा
प्रतिनिधि सभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरुपण सम्मानित सर्वोच्च अदालतले गरेपछि त्यसको ठोस टुंगो लाग्ने नै छ, अन्तिम हुने सबैका को प्रतीक्षा गर्दै फागुन २१ को निर्वाचनको तयारीमा पार्टी लाग्ने निर्णय।
फागुन २१ का लागि उम्मेदवार चयनको प्राइमरी
महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्युनतम एक महिलासहित ३ जनाको नाम फागुन २१ को उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय।
– राष्ट्रिय राजनीतिलाई सहि ट्र्याकमा ल्याउन सबै राजनैतिक दलहरूसँग संवादको आयोजना।
–जेनजीसँग संवाद गर्न ३ सदस्यीय कार्यदल गठन




प्रतिक्रिया