कांग्रेस प्रवक्ताले भनेः कता हुनुहुन्छ नेकपा प्रवक्ताज्यू ?

कांग्रेस प्रवक्ताले भनेः कता हुनुहुन्छ नेकपा प्रवक्ताज्यू ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ को विषयमा नेपाल कम्युनिष्ट पार्टीले धारणा सार्वजनिक नगरेकोमा आपत्ति जनाएका छन् ।

प्रवक्ता शर्माले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उत्तेजक आदेशबारे कुनै टिप्पणी नगरेको बताएका छन् । उनले भने, ‘अरुले गरे बेठिक आफ्नाले गरे ठिक ? कता हुनुहुन्छ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठज्यू ?’

प्रवक्ता शर्माले प्रदेशशभामा कर्सी भाँच्ने सांसदलाई ‘बाहिर निकाली हाल’ भनेर कानुनमन्त्रीको आदेशमाथि नेकपा प्रवक्ता नबोलेको भन्दै आपत्ति जनाएका छन् ।

‘कुर्सी तोडफोड गलत कांग्रेस प्रवक्ता बोल्ने । मन्त्रीको उत्तेजक आदेश गलत नेकपा प्रवक्ता किन नबोल्ने ? संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश प्रवक्ताज्यु ?’, उनले भने ।

प्रवक्ता शर्माले मर्यादापालकलाई मन्त्रीको उत्तेजक आदेश अनधिकृत, असंसदीय र आपत्तिजनक रहेको बताएका छन् ।

‘संसदमा द्वन्द्व हुंदा संयमसंग समाधान खोज्ने कर्तव्य सभामुखको हो, संसद बाहिर मुख्यमन्त्रीको सभामुख मौन र मन्त्री आक्रामक हुंदा द्वन्द्व चर्कन्छ मन्त्रीको प्रस्तुति सरकारकै अभिव्यक्ति हो,’ उनले भने ।