प्रकाशमानले देउवालाई समर्थन गरेपछि विश्वप्रकाशले भनेः उहाँ उभिनु भएको ठाउँमा उभिनुपर्छ

प्रकाशमानले देउवालाई समर्थन गरेपछि विश्वप्रकाशले भनेः उहाँ उभिनु भएको ठाउँमा उभिनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका उमेदवार विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको पक्षमा आफू पनि उभिने बताएका छन् । नेता सिंहले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेपछि उनले देउवाको पक्षमा उभिने बताएका हुन् ।

‘सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उमेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सहि निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,’ उनले भने ।