कांग्रेस महामन्त्रीद्वयको अपिल-मतदाता नामावली दर्तामा जुट्नुस्

कांग्रेस महामन्त्रीद्वयको अपिल-मतदाता नामावली दर्तामा जुट्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने निर्वाचन आयोगको प्रक्रियामा सक्रियता बढाउन अपिल गरेका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनबारे ध्यानाकर्षण महामन्त्रीद्वय शर्मा र थापाले छठ पर्व लगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा मतदाता दर्ता अभियानमा सम्पूर्ण ध्यान केन्द्रित गर्नरगराउन अपिल गरेका छन्।

उनीहरूले संयुक्त रूपमा विशेष परिपत्र जारी गरी जिल्ला कार्यसमिति र मातहतका सबै तहलाई तत्काल अन्य कार्य थाँती राखेर मतदाता दर्ता अभियानमा लाग्न निर्देशन गर्दै प्रदेश संसदीय दलमा रहेका सबैलाई आआफ्नो क्षेत्रमा बसेर मतदाता दर्ता अभियानलाई व्यापक बनाउन निर्देशन र परिचालन गर्न अपिल गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थल पुगेर कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने उल्लेख छ।

उनीहरूले दर्ता गर्न नेपाली नागरिकताको प्रमाणपत्र लानुपर्ने तथा नागरिकता नबनाएका युवाहरूको हकमा नागरिकता बनाएर सोही दिन नै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यहोरा सबैलाई स्पष्ट बुझाउन पनि अनुरोध गरेका छन्।