काठमाण्डु – नेपाली कांग्रेसले भारतीय विदेशमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विदेशमन्त्री एस. जयशंकरले भगवान गौतम बुद्ध भारतीय भएको बताएपछि आपत्ति जनाएका हुन् ।
‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ उनले भनेका छन्, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन ।’
भगवान बुद्ध नेपालमा जन्मिएका हुन् l त्यो भुभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ l
`आवेगको जवाफमा आवेग´ पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 9, 2020




प्रतिक्रिया