दाङ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीयताका कारण देशमा विकास भएको बताएका छन् ।
नेपाली कांग्रेस दाङले घोराहीमा आज बिहीबार पार्टी संगठन तथा अन्य विविध विषयमा आयोजना गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा उनले पार्टीलाई नयाँ तरिकाबाट लैजानुपर्ने बताए ।
उनले पार्टी कार्यकर्ताको भावना अनुसार काम गरिरहेको बताए ।
‘भ्रष्टाचार नियन्त्रण गर्न कानून बलियो बनाउनुपर्छ । भ्रष्टाचार निवारण ऐनको आधारमा काम कारबाही गर्नुपर्छ । निर्दोषलाई फसाउनु हुँदैन, दोषीलाई उन्मुक्ति दिनु हुँदैन,’ उनले भने ।
एनसेलले पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसो गर्न नसकेमा सरकारले किन्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले कांग्रेसलाई सबैभन्दा राम्रो पार्टी बनाउन लाग्नुपर्ने बताए ।



प्रतिक्रिया