तस्बिरमा हेर्नुस् विश्वकर्मा पूजा

तस्बिरमा हेर्नुस् विश्वकर्मा पूजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्वकर्मा भगवानको पूजा आराधना गरी बुधबार वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा गरी यो दिवस मनाउने गरिन्छ ।

यसदिन सवारी साधन, कलकारखाना र विभिन्न मेशनरी सामग्रीको पूजाआजा गरिएको छ ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ।

यस दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । इञ्जिन जडान भएका यन्त्र उपकरण, गाडी समेतको पूजा गरिन्छ ।