देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ : विश्वप्रकाश शर्मा

देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ : विश्वप्रकाश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ठुला दलका बुढा नेताहरुले राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् ।

सनिबार भिडिओ सन्देश जारी गर्दै उनले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका हुन्।

उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन र सांसद चार पटक भन्दा बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताए। उनले अब पार्टीमा आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने बताए।

लामो समयदेखि चुनाव भएर नयाँ सरकार बनेपनि तीन नेताकै वरिपरि घुमिरहेको हुनाले जनतामा चर्को असन्तुष्टि बढेको बताउँदै उनले भने ‘मैले पार्टीमा पनि कुरा राखेको हुँ तर निर्णय गराउन सकिनँ, चुनाव हुन्छ। नयाँ सरकार बन्छ प्रधानमन्त्री उनीहरू नै। उहाँले अहिले छोड्नुहुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने, त्यसैले अब यसलाई सिस्टममा ल्याऔँ। विधिमा ल्याऔँ। ताकि भोलि गगन विश्वको पुस्ताले नेतृत्व गर्दै गर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस्।’