काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्ताव पेश गरेका छन् ।
सोमबार बन्दसत्रले विशेष महाधिवेशनको कार्यविधि पारित गरेसँगै शर्माले ‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस’ शीर्षकमा प्रस्ताव पेश गरेका हुन्।
बन्दसत्रमा प्रस्ताव पेश गर्दै शर्माले भने, ‘यसले एकातर्फ पार्टीभित्र नवीन आत्मविश्वास भर्नेछ, अर्कातर्फ समाजमा नवीन विश्वास जागृत गर्न सकारात्मक सन्देश प्रवाह गर्नुछ। विश्वास र आत्मविश्वासको यो अठोट र अभियान नै आजको हाम्रो प्रधान कार्यभार हो।’
उनले भनेका छन्, ‘हामी जान्दछौँ, जो बदलिन सक्छ, उसैले बदल्न सक्छ। देशको समयलाई कुनै वेला कांग्रेसले आफू अनुकुल बदलेको थियो, आज बदलिएके समय अनुकुल कांग्रेसले आफूलाई बदल्नुछ। हामी बदलिन सक्छौँ, बदल्न सक्छौँ, कांग्रेसलाई रिबिल्डिङ र रिब्रान्डिङ गर्नेछौँ।’
उनले एकाघरका सदस्य (मुलतःश्रीमान श्रीमती) एकैपटक एउटै तहको जनप्रतिनिधि बनेको विषय नागरिक पंक्तिमा आलोचित र अलोकप्रिय बनेको उल्लेख गर्दै प्राइमरी इलेक्सनको प्रस्ताव अघि सारेका छन् ।
प्रस्तावमा भनिएको छ, ‘पार्टी भित्रको आन्तरिक सुशासनमा प्राय प्रश्न उठ्ने गरेको विषय हो– पार्टीका उम्मेदवारहरू चयनमा रहेको परम्परागत प्रणाली । हामीले उम्मेदवार चयनका लागि लोकप्रियता, योग्यता र न्यायको मिश्रण सहितको नयाँ पद्धति विकास गर्न सकेका छैनौँ ।’




प्रतिक्रिया