सत्तामा आसन जमाउने परम्परा भत्काएर आफूहरू आएको विश्वप्रकाशको भनाइ

सत्तामा आसन जमाउने परम्परा भत्काएर आफूहरू आएको विश्वप्रकाशको भनाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।

सोमबार लमजुङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर आफूहरू आएको बताएका हुन् ।

उनले भने, ‘हामी १/२/३/४ को नीति संविधानमा अंकित गर्नेछौँ। अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन्।’

शर्माले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन आग्रह समेत गरेका छन् ।

उनले भने ‘चुनावी मैदानमा गाली होईन प्रेम सम्प्रेषण गरौँ। स्वस्थ आलोचना स्वभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्न, चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरूमार्फत नगरौँ।’

देशको शासनमा आवश्यक सुधार गर्नको लागि केस्राकेस्रा केलाए जेनजी विद्रोहको भावना अनुसार नै आफूहरू बदलिएर आएको बताए।