ओली नेतृत्वको सरकारमा आफू सहभागी नहुने विश्वप्रकाश शर्माको घोषणा

ओली नेतृत्वको सरकारमा आफू सहभागी नहुने विश्वप्रकाश शर्माको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नजाने घोषणा गरेका छन् । महामन्त्री शर्माले बिहिबार झापामा भएको पार्टीका अगुवा कार्यकर्ता भेलामा आफू ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताएका हुन् ।

झापा निर्वाचन क्षेत्र नं. १ शर्माको आफ्नो निर्वाचन क्षेत्र हो । त्यही भएको कार्यक्रममा शर्माले आफू अब बन्ने ओली नेतृत्वको सरकारमा सहभागी नहुने घोषणा गरेका हुन् ।

‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता पनि छ,’ शर्माले कार्यक्रममा भने, ‘प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न । म अब बन्ने सरकारमा सहभागी हुन्न ।’

१७ असारमा कांग्रेस र एमाले बीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो । दुई दलबीचच मन्त्रालयको भागबण्डा भने टुंगिएको छैन । कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने व्यक्तिको टुंगो लागेको छैन ।

अहिले कांग्रेसमा भएका सभापति, उपसभापति र महामन्त्रीमध्य सरकारमा अहिलेसम्म सहभागी नभएका महामन्त्री शर्मा मात्रै हुन् । शर्मा पहिलो पटक २०७९ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा झापा–१ बाट निर्वाचित भएका थिए ।