प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न-भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?

प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न-भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटना जेनजी आन्दोलनको भावनाविपरीत रहेको टिप्पणी गरेका छन्।

बुधबार एक्समार्फत टिप्पणी गर्दै महामन्त्री शर्माले यसरी निर्वाचनको वातावरण पनि नबन्ने बताएका छन्।

‘सिमरा घटना दुःखद प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण,’ विश्वप्रकाशले प्रधानमन्त्रीलाई मेन्सन गर्दै लेखेका छन्, ‘एकफेरा भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?’

‘सिमरा घटना दु:खद छ। प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ?,’ शर्माले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौंl मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यसविरुद्ध दबाब दिउँ l जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो l’

बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको कार्यक्रममा सहभागी हुन जहाजमार्गमार्फत सिमरा विमानस्थल जान खोजेपछि जेनजीको नाममा सिमरा विमानस्थलमा नाराबाजी भएको छ । प्रदर्शन उग्र बनेपनि स्थानीय प्रशासनले त्यहाँ अहिले कफ्र्यु लगाएको छ।