गलत लेखेर प्रचार गरियो तर म राज्यव्यवस्था समितिको सभापतिको दौडमा छैन : महामन्त्री शर्मा

गलत लेखेर प्रचार गरियो तर म राज्यव्यवस्था समितिको सभापतिको दौडमा छैन : महामन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्ने दौडमा नरहेको बताएका छन् ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गदै शर्माले आफू समितिको सभापति बन्न इच्छुक नरहेको बताएका हुन् ।

उनले भने, ‘मलाई सभापति बन्नु थियो भने त रामहरि खतिवडा बनेपछि पालो पुर्‍याउन मात्रै बन्दिनँ थिए होला नि, पहिल्यै बन्थे । मन्त्री बन्न लाग्थे होला नि । कसैले गलत लेखेर प्रचार गरिदिनुभयो । छलफल गर्दै गर्दा रामहरिजीले छाड्नुपर्छ भनेकै हो। उहाँले राजीनामा दिँदा राम्रो सन्देश गएको पनि छ ।’

उनले समितिको सभापति समितिमै रहेका सदस्यहरूबाट हुने र चाँडै पार्टीले टुङ्ग्याउने बताए ।

शर्माले सरकार बाहिर हुँदा पनि राम्रो कामको कांग्रेसले समर्थन गर्ने गरेको जिकिर गरे । उनले भने, ‘हामी सरकारमा नरहँदा पनि राम्रा कुराको समर्थन गर्छौँ। सरकारमा रहँदा पनि कमजोरीका बारेमा हामी प्रहार गर्छौँ। संसदमा बोल्दै गर्दा होस् वा बाहिर बोल्दा पनि। अहिले हामी सरकारमा छौँ। सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुनुपर्छ भन्नेसँग हाम्रो प्रस्ट विमति छ।