विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाण्डु – सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो ।

बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । पोखरेल डिआईजी बढुवा हुंदा आफ्नो ब्याचबाट एकल रुपमा बढुवा भएका थिए ।

डिआइजी पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । सरकारले नेपाल प्रहरीमा एक जना एआईजी र पांच जना डिआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो ।

बढुवा गरेसँगै पोखरेललाई कार्य एवं अपराध अनुसन्धान (अपरेसन र अपराध अनुसन्धान) विभागको जिम्मेवारी  दिइएको छ । त्यस्तै एआईजी हरि पाललाई महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी दिइएको छ ।

एआइजी पालले अबदेखि उपत्यका प्रहरीको जिम्मेवारी हेर्नेछन् । त्यस्तै बैठकले भवन बिभागका महानिर्देशक मणिराम गेलाललाई सचिव नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement