काठमाण्डु – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारका पालामा नियुक्त भएका डा. पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो ।
योसँगै सरकारले अन्य चार वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
१. गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
२. नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोमित चितवन निवासी पृथ्वीमान गुरुङलाई गण्डकी र चितवन नै निवासी अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको छ । संविधानको धारण ६६ को उपधारा (२) बमोजिम उनीहरुलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
३. नेपाली सेनाको वरिष्ठ अधिकृत रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई साउन २६ गते देखि लागू हुने गरी कायम मुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।
४. चौथो निर्णयमा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरिएको छ ।




प्रतिक्रिया