गभर्नर पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता, भोलि पेशी

गभर्नर पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता, भोलि पेशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा भोलि बुधबारका लागि पेशी तोकिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानूनसम्मत नरहेको भन्दै रिट दायर गरेका छन् ।

पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र नियुक्ति दुवै गैरकानूनी रहेको दाबी रिटमा गरिएको छ । नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दाबी रिटमा गरिएको छ ।