काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस आफैँ भित्र पनि सुध्रन आवश्यक रहेको बताएका छन् ।
शनिबार प्रेस युनियन काठमाडौंले राखेको चियापान समारोहमा बोल्दै प्रवक्ता शर्माले पार्टी सुध्रिएर अगाडि बढ्नुको विकल्प् नभएको प्रतिक्रिया दिएका छन् ।
‘प्रश्न हैन उत्तर लेख्ने मान्छेले परीक्षामा धेरै नम्बर ल्याउने हो प्रश्न लेख्नेले त औंला मात्रै गन्ने हो’ प्रवक्ता शर्माले भने ‘हामी घर भित्र सुध्रिनु र घर बाहिर गर्जिनु पर्ने छ ।’
उनले कुनै पनि प्रश्नको उत्तर दिने क्षमता बनाउनको लागि पनि आग्रह गरेका छन् । प्रश्न सँगै समधानको पनि उपाय अवलम्वन गर्दा समस्या समधान हुने उनको भनाई रहेको थियो । कांग्रेसले रुपान्तरण मात्रै अहिलेको पहिलो प्रश्न र अन्तिम समधान नभएको भन्दै रुपान्तरणसँगै जनातका माग सम्बोधन गर्ने सवालमा कांग्रेस बलियो रुपमा प्रस्तुत हुनु पर्ने बताए ।




प्रतिक्रिया