काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले प्रहरीसंग भएको स्रोत साधन, जनशक्तिको आधारमा सुरक्षा प्रदान गर्न आम नागरिकसंग समन्वय र सहकार्य गरे मात्र सुरक्षित समाज निर्माण गर्न सकिने हुनाले समुदाय प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरीले लागु गरेको बताएका छन् ।
उनले सामुदायिक सेवा केन्द्र टुडालदेवीले शनिबार टुडालदेवी मन्दिरमा गरेको सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा स्वागत कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै पोखरेलले नागरीकले उठाएका जिज्ञासा,प्रश्वहरू र प्रहरी संगको अपेक्षा, प्रहरीमा आउने सुचना, गुनासालाई संकलित गरेर शान्ती सुरक्षाको विषयलाई विश्लेषण गर्दै नयाँ योजना ल्याउन लागिएको र केही योजनाहरू काठमाडौं उपत्यकामा लागु गरिसकिएको बताए ।
प्रहरीको उपस्थितिले मात्र समाजमा शान्ती सुरक्षा कायम गर्न नसकिने त्यसको लागी सबैको इमान्दारीता चाहिने भन्दै अपराध नियन्त्रणको प्रमुख आधार सुचना भएकाले समयमै कुनै पनी घटनाको सुचना प्रहरीलाई दिन आग्रह गरे।
उनले भने, ‘ म मेट्रो अन्तर्गत हजारौंको आँखामा छु, तपाईहरू मेरो प्रत्यक्ष अडिटमा हुनुहुन्छ । तपाईहरुको आँखाले म कहीँ कुनै लोभ–लाभमा परेको देखे औंल्याउनुस तपाईहरुलाई नै स्यालुट गरी बिदा हुन्छु, यो संगठनमा दाग लगाई बसिरहन्न । तर यदी तपाईहरुले कानून हातमा लिई अराजक गर्न खोजे त्यस्ता कोही कसैलाई कुनैपनि हालतमा छाड्दिन ।’
उनले उपत्यकाको कमाण्ड सम्हालेदेखि नै आफ्नो पहिलो प्राथामिकता आर्थिक अनियमितता , भ्रष्ट्राचारमुक्त प्रहरी सेवा हो जुन झुपडी र महलको सेवाग्राही आउँदा एउटै सेवा प्राप्त गर्ने बताउँदै अलग अलग सेवा प्रवाह गर्ने हो भने कहिले पनी सुशासन कायम नहुने बताए ।
उनले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलिभुत बनाउने कार्यमा प्रहरीले सुशासनको आधारभुत कुराहरू कानूनमा आधारीत प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्ने बताए ।
कार्यक्रममा पुर्व प्रहरी महानिरीक्षक अचुत्य कृष्ण खरेल , पुर्व न्यायाधीश बुद्ध रत्न शाक्य, पुर्व अतिरीक्त महानिरीक्षकहरू, समाजसेवी नागरीकहरूको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया