प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट चुनाव लड्दिनँ : विश्वप्रकाश शर्मा

प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट चुनाव लड्दिनँ : विश्वप्रकाश शर्मा


काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्ष र समानुपातिकतर्फ कतैपनि उम्मेदवार नबन्ने बताएका छन्।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्दै महामन्त्री शर्माले आफू प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार नबन्ने बताएका हुन् ।

उनले समानुपातिकतर्फ उम्मेदवार बस्यो भने पार्टीका साथीहरूको अवसर र सम्भावना खोसिने बताए ।

उनले भने ‘प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकबाट संसदमा जाने भन्ने होइन, पार्टी महामन्त्री समानुपातिकमा बस्नु भनेको एक अर्को साथीको सम्भावना र अवसर खोस्नु हो, म त्यस्तो गर्न चाहन्न । कांग्रेसलाई बदल्न र आगामी दिनमा नयाँ ढंगले स्थापित गर्न जरूरी छ, म त्यसमै समर्पित हुन चाहन्छु । उनले भने ।

उनले आफू संसदमा नगएर सम्पूर्ण समय पार्टीमा काम गर्न चाहेको पनि बताएका छन्।