काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध बिटक्वाइन कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ।
नेपालमा गैरकानुनी घोषणा गरिएको बिटक्वाइन कारोबारमा संलग्न सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, नुवाकोटकी विन्दा ढकाल, सिन्धुपाल्चोकका मिङ्मार तामाङ, काठमाडौंका दमन बस्नेत र रुपन्देहीका मनिष कुमार गिरीलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरुले दुई वर्षको अवधिमा नेपाल १३ लाख डलरसम्म कारोबा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए।
डिजिटल प्रविधिबाट हुने अवैध भुक्तानी प्रणाली बिटक्वाइन नेपालमा सन् २०१३ बाट सुरु भएको प्रहरीको दाबी छ। सुरुमा १० सेन्ट पर्ने एउटा बिटक्वाइनको अहिले नेपालमा चार हजार तीन सय त्रियानब्बे डलर पर्ने गरेको प्रवक्ता श्रेष्ठले बताए।
विश्वका केही देशहरुमा यसलाई कानुनी मान्यतासमेत दिएको भएपनि नेपाल राष्ट्र बैक ऐन २०५८ अनुसार नेपालमा गैरकानुनी मानिन्छ।




प्रतिक्रिया