भाजपा अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु, दिल्लीस्थित एम्स अस्पतालमा भर्ना

भाजपा अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु, दिल्लीस्थित एम्स अस्पतालमा भर्ना


एजेन्सी – भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु भएको छ ।स्वाइनफ्लुका कारण उनी हाल दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएर उपचार गरिरहेको उनले आफ्नो ट्वीट बाट जानाकारी दिएका छन् ।

उनले ट्विटमा भनेका छन् ’ मलाई स्वाइनफ्लु भएको छ जसले गर्दा उपचार गरिरहेको छु ईश्वर को कृपा,सबैको प्रेम र सबैको शुभकामनाले शीघ्र स्वस्थ हुनेछु।’ यसै सन्दर्भमा भाजपा पूर्वअध्यक्ष एवं भारतका गृहमन्त्री राजनाथ सिहंले ट्वीटमार्फत उनको स्वास्थ्यलाभको कामना गरेका छन्।

यस्तै अर्थमन्त्री अरुण जेटलीको स्वास्थ्यमा पनि समस्या छ । उनी अहिले उपचारका लागि अमेरिकामा छन् । कांग्रेस अध्यक्ष राहुल गान्धीले बुधबार ट्वीट गरेर जेटलीलाई स्वास्थ्य लाभको कामना गरेका थिए ।