पश्चिम बंगालमा कम्युनिष्ट पार्टीको पराजय भाजपाको उदय


एजेन्सी – भारतीय लोकसभा चुनावमा अहिलेसम्मको मतपरिणाम हेर्दा पश्चिम बंगालमा यसअघि ३५ वर्ष शासन चलाएको कम्युनिष्ट पार्टी पराजय हुने देखिएको छ।
आइतबार सकिएको चुनावको मतगणना बिहीबार विहान ८ बजे देखि भएको थियो। अहिलेसम्मको परिणामअनुसार कम्युनिष्ट पार्टीले कुनैपनि क्षेत्रमा अग्रता लिएको छैन।

सन् २०१४ चुनावमा पश्चिम बंगालका २ सिटमा छिरेको भारतीय जनता पार्टीले भने त्यहाँ आफ्नो प्रभाव विस्तार गरेको छ। अहिलेसम्मको मतपरिणाम अनुसार उसले त्यहाँ १५ सिटमा अग्रता लिएको छ।पश्चिम बंगालको सत्तारूढ दल तृणमूल कंग्रेसले अग्रता लिएका २५ सिट छन्।

मुख्यमन्त्री ममता बेनर्जीसँगको असन्तुष्टीका कारण कम्युनिष्टहरूले भाजपालाई मत दिएको हुनसक्ने भारतीय सञ्चारमाध्यामहरूले विश्लेषण गरेका छन्। भारतमा कम्युनिष्ट विचारधाराको सुत्रपात भएको पश्चिम वंगालमै सबभन्दा पहिले कम्युनिष्ट पार्टी खुलेको थियो। सन् १९७७ देखि २०१२ सम्म कम्युनिष्ट पार्टीले वंगालको सरकार चलाएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement