राधे राधे नयाँठिमीमा सीजी डिजिटल शोरुम

राधे राधे नयाँठिमीमा सीजी डिजिटल शोरुम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको राधे राधेमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नो नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ। यस कम्पनीले सीजीका उत्पादन सहज रुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले सीजी डिजिटल मल्टी ब्राण्ड शो रुममा बिस्तार गर्दै आएको छ।

सोही क्रममा कम्पनीले सीजी डिजिटलको नयाँ शोरुम स्थापना राधे राधे नयाँ ठिमीमा गरेको छ। यो कम्पनीको १२ औं शोरुम हो। उक्त शोरुमको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भान चौधरीले गरेका थिए। सीजीका उत्पादनमा ग्राहकले देखाएको बिश्वास र चाहनाका कारणले गर्दा कम्पनीले सीजीका आउटलेटहरुको बिस्तार गर्दै आएको छ।