काठमाण्डु — कालो ढुसीका कारण नेपालमा एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया–६ का ६५ वर्षिय वृद्धको मृत्यु भएको हो ।
बुधबार मात्रै कालो ढुसीको संक्रमण पुष्टि भएका उनी मिर्गौलासम्बन्धी रोगबाट ग्रसित थिए । उनी जेठ १७ गते अस्पताल भर्ना भएको र उपचारका क्रममा मृत्यु भएको उनको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए ।
लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि कालो ढुसीका बिरामी भारतमा फेला परेका थिए ।




प्रतिक्रिया