धनुषामा विस्फोटक पदार्थ पड्किँदा २ बालबालिका घाइते

धनुषामा विस्फोटक पदार्थ पड्किँदा २ बालबालिका घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा २ जना स्थानीय बालक घाइते भएका छन् ।

बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको २ जना स्थानीय बालकको खुट्टाले छोएपछि विस्फोट भएको हो ।

विस्फोटमा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दुवै खुट्टामा सामान्य चोट लागेको छ भने ८ वर्षीय सुशील माझीको शरीरका विभिन्न अंगहरूमा सामान्य चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरीको एक टोली उक्त स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म विस्फोट भएको वस्तुको यकिन हुन नसकेको धनुषा प्रहरीको भनाइ छ ।