काठमाण्डु – नेपाल पहिलो नेत्रहीन टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।
नेपालले उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ । फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा नेपाल र भारत एकपटक भिडिसकेका छन् ।
दृष्टिविहीन महिला टी-२० विश्वकप पहिलोपटक आयोजना भएको हो । पहिलो संस्करणमै नेपाल फाइनलमा स्थान बनाउन सफल भयो । श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार सम्पन्न सेमिफाइनलमा नेपाली टोलीले पाकिस्तानलाई सात विकेटले हराएर यो यात्रा तय गरेको हो ।
श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।
पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको एक सय ७१ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।
पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो । नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।
प्रतियोगितमा ६ देश नेपाल, भारत, पाकिस्तान, अस्टे«लिया, श्रीलंका र अमेरिका सहभागी थिए । जसमध्ये नेपाल, भारत, पाकिस्तान र अस्ट्रेलिया तालिकाको शीर्ष चारमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । भारत शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो, पाकिस्तान तेस्रो तथा अस्ट्रेलिया चौथो भएका हुन् ।




प्रतिक्रिया