काठमाडौं – दुर्गा प्रसाईंले झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल कोरोनाको उपचारका लागि सरकारलाई दिने घोषणा गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालक रहेका प्रसाईंले आफ्नो मेडिकल कलेज र अस्पताल सरकारलाई दिने घोषणा गरेका हुन् ।
कोरोना संक्रमण देखा परेको दिनदेखि नै स्वास्थ्य मन्त्रीसँग कुरा गरेको र आवश्यक सहयोग गर्न तयार भएको जनाउ दिएको उनले बताए ।
अस्पतालमा एक सय वटा आईसीयू, २५ वटा भ्याडिलेटर, एक सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी रहेका छन् ।
उनले चिकित्सकलाई तलब लगायत सबै कुराको व्यवस्था गरे सरकारलाई आवश्यकता भएको दिनसम्मलाई अस्पताल दिन तयार रहेको बताएका छन् ।




प्रतिक्रिया