बोका जुनियर्सका खेलाडीमाथि रिभर प्लेटका समर्थकले आक्रमण गरेपछि……

बोका जुनियर्सका खेलाडीमाथि रिभर प्लेटका समर्थकले आक्रमण गरेपछि……

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अर्जेन्टिनी क्लब फुटबलको इतिहासकै महत्वपूर्ण मध्ये एक मानिएको खेलको पूर्वसन्ध्यामा बोका जुनियर्सका खेलाडीहरु चढेको बसमा हिंसात्मक आक्रमण भएको छ ।

मिडिया रिपोर्टका अनुसार बोका जुनियर्स फुटबल टोली चढेको बसमा कट्टर प्रतिस्पर्धी रिभर प्लेट क्लबका समर्थकहरूले आक्रमण गरेका थिए । उक्त घटनापछि कोपा लिबरटेडरेसको फाइनल खेल सारिएको हो। उक्त खेल अगाडि भएको सो हिँसा घटनाका कारण कैयौँ खेलाडी घाइते भएका थिए।

राजधानी ब्युनस आइरिजमा हुने खेलका लागि रंगशाला जाँदै गरेका बोका जुनियर्सका खेलाडीहरु चढेको बसमा चिरप्रतिद्वन्द्वी रिभर प्लेट क्लबका समर्थकले आक्रमण गरेका हुन् । आक्रमणमा खेलाडीहरु नै घाइते भएका छन् । दक्षिण अमेरिकी क्लब प्रतियोगिताको उक्त फाइनल खेल अर्जे्न्टिनाको राजधानी ब्युनस आइरिजका दुई प्रतिद्वन्द्वी टोली बोका जुनियर्स तथा रिभर प्लेटबीच हुन लागेको थियो।

तर रिभर प्लेटका समर्थकहरूले बोका जुनियर्सका खेलाडी चढेको बसमा हमला गरेका थिए। भिडिओ फुटेजमा तिनले ढुङ्गा तथा ग्यास क्यानिस्टरले प्रहार गरेको देखिन्छ। बोका जुनियर्सका केही खेलाडीलाई फुटेका सिसाले घाउ लागेको थियो भने केहीचाहिँ प्रहरीले प्रयोग गरेको अश्रुग्यासबाट प्रभावित भए।