खाद्य कम्पनीले साेमवारदेखि खसी-बोका बेच्दै, १० रुपैयाँ छुट

खाद्य कम्पनीले साेमवारदेखि खसी-बोका बेच्दै, १० रुपैयाँ छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले सोमबारदेखि दशैंका लागि खसी–बोका बिक्री गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले  खसी–बोकालाई प्रति किलोग्राम १० रुपैयाँ छुट दिने भएकाे हाे । यो बजार मूल्यभन्दा किलोमा एक सय रुपैयाँ सस्तो रहेको पनि जनाइएको छ ।

काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गरिनेछ । खसी, बोका र च्याङ्ग्राका लागि संस्थानले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

गत ९ असोज नै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर सर्वसाधारणलाई बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।