बोक्सी भन्दै प्रहरी हवल्दारले आफ्नै काकीलाई कुटेपछि…

बोक्सी भन्दै प्रहरी हवल्दारले आफ्नै काकीलाई कुटेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – सप्तरीमा बोक्सीको आरोपमा एक महिला कुटिएकी छन् । डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा निवासी ५३ वर्षीया जशोधियादेवी यादवलाई आफ्नै भतिजा कमलदेव यादवले बोक्सीको आरोप लगाउँदै पटक–पटक कुटपिट गर्दै आएको पीडितको आरोप छ ।

कुटपीट गर्ने आरोपित यादव नेपाल प्रहरीको हबल्दार पदमा कार्यरत छन् । पीडित जशोधियादेवीले नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलन आयोजना गरी भतिजा कमलदेवले गत शनिबार र बिहीबार कुटपिट गरेको बताइन् । सो दिन कुटपिट गर्दा माइती आएकी जशोधियादेवीकी छोरी सरस्वतीसमेत कुटिएकी छन् ।

उनी आमालाई जोगाउने क्रममा कमलदेवबाट कुटिएकी हुन् । कुटपिटको विषयमा वडा कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसमक्ष पुग्दा कतैबाट दोषीलाई कारबाही गर्न पहल हुन नसकेको उनको भनाइ छ ।

बोक्सीको आरोप लगाएर कुटपिट गर्ने हबल्दार यादवमाथि प्रहरीमा निवेदन दर्ता गर्न खोज्दा नमानेको समेत उनको आरोप छ ।

काठमाडौंमा कार्यरत प्रहरी हबल्दार कमलदेव भने बिदामा गाउँमा आएको बेला बोक्सी भनेर कुटपिट गर्दै आएको जशोधियादेवीको आरोप छ ।