काभ्रेको बनेपामा बम भेटियो, मंगलटारमा विस्फोट

काभ्रेको बनेपामा बम भेटियो, मंगलटारमा विस्फोट


बनेपा – काभ्रेको बनेपा बजारमा शनिबार बिहानै प्रेसर कुकर बम फेला परेको छ ।

बनेपा नगरपालिका–६ बुडोलमा फेला परेको सो बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम रहेको आँकलन गरेपछि सेनाको टोलीलाई बोलाएको थियो ।

यसअघि आजै विपी राजमार्गको रोशी गाउँपालिकास्थत मंगलटारमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।विस्फोबाट कुनै क्षति भने नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आज शनिबार नेपाल बन्दको घोषणा गरेको छ ।  बन्द आह्वान कर्ता विप्लव समूहले नै बम राखेको प्रहरीको अनुमान छ ।