संसद भवनअगाडि ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बम भेटियो

संसद भवनअगाडि ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बम भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु फेला परेको छ । संसद भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।

अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । बीच सडकमा भेटिएको उक्त प्रसर कुकरमा बम भए/नभएको पहिचान गरी डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

सर्वत्र विरोधकाबीच सरकारले हिजो आइतबार एमसीसी अनुमोदन गरेको थियो । एमसीसी अनुमोदनको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ८ दलले आज नेपाल बन्दको आव्हान गरेका छन् ।