स्वर्गीय रवीन्द्र अधिकारीको वडा निर्मलपोखरीमा बम बिस्फोट

स्वर्गीय रवीन्द्र अधिकारीको वडा निर्मलपोखरीमा बम बिस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिप्लेढुंगा – अज्ञात समूहले पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा १७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा बम विष्फोट गरेको छ ।

वडाध्यक्ष आचार्य चढ्ने ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा सोमबार बिहान २ः४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । निर्मलपोखरी तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गाउँ हो ।

हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि मंसिर १४ गते हुने उपनविर्नाचनमा उनकी श्रीमती विद्या भट्टराई चुनाव लड्दै छिन् ।

निर्वाचनलाई प्रभावित गर्न बम विस्फोट गराइको प्रहरीको दाबी छ ।