सुर्खेतको एनसेल टावरमा बम भेटियो

सुर्खेतको एनसेल टावरमा बम भेटियो


सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकस्थित एनसेल टावरको तल बम फेला परेको छ ।

एनसेल टावरको तल तार जोडिएको बम फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्ले जानकारी दिए । बम निष्क्रिय पार्न नेपाली सेनाको डिष्पोजल टोली पुगिसकेको छ ।