बसरुद्दीन अन्सारीको घर अगाडी बम भेटियो, सेनाद्धारा डिस्पोजको तयारी

बसरुद्दीन अन्सारीको घर अगाडी बम भेटियो, सेनाद्धारा डिस्पोजको तयारी


वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१०, पानीट्याङकीस्थित बसरुद्दीन अन्सारीको निवासअगाडि शंकास्पद वस्तु फेला परेको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका निर्देशक अन्सारीको घरअगाडि सोमबार बिहान शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

घरअगाडि शंकास्पद वस्तु फेला परेपछि प्रहरीले त्यस क्षेत्रको आवागमनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले जानकारी दिए । नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थल पुगेर उक्त शंकास्पद वस्तु डिष्पोजको तयारी गरिरहेको प्रहरीले जनाएको छ ।