बालुवाटारमा भेटिएको बम नेपाली सेनाद्धारा निष्क्रिय

बालुवाटारमा भेटिएको बम नेपाली सेनाद्धारा निष्क्रिय


काठमाडौं – बालुवाटारमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । नेत्रविक्रम चन्द (विप्लव) समूहले बालुवाटारमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको ठिास्पोजल टोलीले गएराति ११ बजे निष्क्रिय पारेको हो ।

प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको प्रेसर कुकर बम भेटिएको थियो । विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी विप्लव समूहले पर्चासमेत राखेको थियो ।

ललिता निवास जग्गा व्यक्तिको नाममा खरिदबिक्री गर्ने काममा संलग्न भएको भन्दै विप्लव समूहले शोभाकान्त ढकालको घरमा बम विष्फोटसमेत गराएको थियो ।