भरतपुर बम विस्फोट : ६ जना शंकास्पद व्यक्ति पक्राउ


चितवन – भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा मंगलबार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब साढे १२ बजे गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए ।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान सुरु गरिएको छ ।

घटना थाहा पाए लगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए । घटनापछि जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन गरिएकाे छ। सुरक्षा चुनाैती बढेकाे भन्दै प्रहरी परिचालन गरिएकाे राठाैरले बताए। ‘घटनापछि चितवनका सबै प्रहरी चाैकीहरुलाई अलर्ट गराएका छाैं’, उनले भने।

घटनाबारे थाहा पाएलगत्तै प्रहरी घटनास्थल पुगेकाे र विस्फाेटपछिकाे आगलागी महानगरको दमकल र स्थानीयकाे सहयाेगमा नियन्त्रणमा लिइएकाे उनले बताए। घटना कसले गराएकाे भन्ने सम्बन्धमा भने केही खुल्न सकेकाे छैन। राठौरले घटना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले गराएको अनुमान गरिएको बताए। सरकारले म‌गलबार साँझ मात्रै नेकपाकाे गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेकाे थियाे।

प्रतिक्रिया दिनुहोस
Advertisement