कालिकानगरमा बम भेटियो, सार्वजनिक यातायात ठप्प

कालिकानगरमा बम भेटियो, सार्वजनिक यातायात ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – बुटवलको कालिकानगरमा बम फेला परेको छ । बिहिबार विहान डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु भेटिएपछि सर्वसाधारण त्रसित भएका थिए ।

बम प्रहरीले निस्क्रिय गरेको प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक (डिएसपी) डिलबहादुर मल्लले जानकारी दिए । मल्लले आतंक फैलाउन हाते बम राखेको पाइएको जानकारी दिए ।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गतिविधिमाथि प्रतिबन्ध लगाएपछि देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला पेरका विप्लव नेतृत्वको नेकपाका गतिबिधिमाथि रोक लगाउने निर्णयसंगै ठाँउठाँउमा शंकास्पद बस्तु भेटिएका छन् ।

यसैवीच, प्रदेश ५ का जिल्लाहरुमा बन्दको प्रभाव परेको छ।बन्दकर्ताहरु सडकमा नदेखिए पनि सार्बजनिक यातायात,कलकारखाना,स्कुल,कलेज,व्यापार–व्यवसाय ठप्प छन् । बुटवल, भैरहवा, पाल्पा, अर्घाखाची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात चलेका छैनन् ।