जापानका प्रधानमन्त्री किशिदामाथि बम प्रहार


काठमाण्डु-जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि बम प्रहार भएको छ । एउटा सार्वजनिक कार्यक्रम सहभागी भइरहेका किशिदामाथि ‘स्मोक बम’ प्रहार भएको हो ।

प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको र सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि बम प्रहार भएको हो । उक्त घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement