मठिया प्रहरी चौकीमा भारतीयले हाने बम

मठिया प्रहरी चौकीमा भारतीयले हाने बम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रौतहटको इसनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम प्रहार भएको छ । मंगलवार दिउँसो एक भारतीय नागरिकले बम प्रहार गरेका हुन् ।

प्रहरी चौकिमा भएको बिस्फोटमा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बम प्रहार गर्ने ती भारतीय नागरिकलाई पक्राउ गरिसकिएको छ ।

उनको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विस्फोटमा परी नजिकै चउरमा चरिरहेको एउटा बाख्रा समेत मरेको छ ।

बम फाल्नका लागि प्रयोग भएको मोटरसाइकलका चालक भारत घर बनाउने २५ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले मोटरसाइल सहित नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलको पछाडि बसेर बम फाल्ने व्यक्ति भने फरार छन् ।