बझाङमा बारी जोत्दा ठूलो मात्रामा बम भेटियो, सेनाको टोलीद्वारा डिस्पोजल

बझाङमा बारी जोत्दा ठूलो मात्रामा बम भेटियो, सेनाको टोलीद्वारा डिस्पोजल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – बझाङमा फेला पारेको बम नेपाली सेनाले डिस्पोजल गरेको छ । जिल्लाको बुङ्गल नगरपालिका–६ दान्तोलिमा फेला परेको बम बुधबार नेपाली सेनाले डिस्पोजल गरेको हो ।

मंगलबार खेत जोत्ने क्रममा खेतमा प्लास्टीकको ड्राममा बम फेला परेको थियो । बम भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार बिहान शार्दुल गुल्मबाट गएको नेपाली सेनाको टोलीले बम डिस्पोजल गरेको संग्राम शार्दुल गुल्म पानकोटका मेजर तारा खड्काले जानकारी दिए ।

संग्राम शार्दुल गुल्म पानकोटका मेजर खड्काले काठमाडौंपाटीसँग कुरा गर्दै भने, ‘यति नै संख्यामा बम छ भनेर भन्न सकिनेअवस्था छैन् । ठूलो संख्यामा बम रहेको आशंका गरिएको छ । अहिलेसम्म तीन पटक विस्फोट गराइसकियो । स्थानीय देउमूल धामीको खेतमा र घरनजिकै बम भेटियो । थप अनुसन्धान हुँदैछ ।’

मेजर खड्काका अनुसार खेत जोत्ने क्रममा मंगलवार प्लास्टीकको ड्राममा खेतमा लुकाएर राखेको अवस्थामा ६९ वटा बम खिया लागेको भेटाए पछि द्वन्द्वकालिनमा विद्रोही पक्षले राखेको हुनसक्ने आशंका गरिएको छ ।