पोखरामा विद्या भट्टराई मनोनयन दर्ता गर्न पुगेलगत्तै बम विष्फोट

पोखरामा विद्या भट्टराई मनोनयन दर्ता गर्न पुगेलगत्तै बम विष्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराईले मनोनयन दर्ता गराएकी छन् । भट्टराई मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको हो ।

बम बिस्फोट भएको स्थानमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । बम बिस्फोट कसले गराएको हो भन्ने केही खुलेको छैन । यसैबीच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता पनि गराएकी छिन् ।

निर्वाचन कार्यालयभन्दा केही पर रहेको पर्यटक बसपार्कमा ठूलो आवाजसहित विस्फोट भएको थियो । वैदाम प्रहरी इन्चार्ज डीएसपी कोमल शाहले स्थिति नियन्त्रणमा रहेको जनाए ।

मंसिर १४ को उपनिर्वाचन प्रक्रिया आजदेखी सुरु भएको छ । निर्वाचनमा भाग लिनको लागि मनोनयन दर्ता गर्न दलका उम्मेदवारहरु केही बेरमा कार्यालय पुग्दैछन । कास्की २ मा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।